विश्वकप क्रिकेटः बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ। शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो।

बिज्ञापन

 

बिज्ञापन

जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै मेहिदी हसन मिराजले ७३ बलमा ५ चौका प्रहार गरे। कप्तान शकिब अल हसनले १४ रन बनाउँदा लिटोन दासले १३ रन बनाए। ओपनर तान्जिड हसनले ५ रनमात्रै लिए।

बलिङमा फजल्लक फारूक, नवीन उल हक्, अज्मतुल्लाह ओमरजइले एक/एक विकेट लिए। टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभरमै अलआउट भएको थियो।अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनायो। बंगलादेशले जितका लागि ५० ओभरमा ‍ १५७ रनको झिनो लक्ष्य पाएको छ।

बिज्ञापन

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बाजले ४ चौका र १ छक्का प्रहार गरी ४७ रन बनाए। गुर्बाजले बनाएको रन नै इनिङको ठूलो स्कोर बन्यो। गुर्बाज वंगलादेशका मुस्ताफिजुर रहमनको बलमा तान्जिड हसनबाट क्याच आउट भए।

 

content copy from setopati for Developing purpose only

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु