मालपोत कार्यालयहरू सुब्बाको भरमा, १२७ अधिकृतको दरबन्दी खाली

१८ असोज, काठमाडौं । देशभरका मालपोत कार्यालयमा अधिकृतस्तरका कर्मचारीहरुको चरम अभाव देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालयहरुमा ३ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ, तीमध्ये १२७ शाखा अधिकृतका पदहरु छन् ।

बिज्ञापन

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ भर्ना भएका अधिकृतलाई स्थानीय तहमा पठाउन प्राथमिकता दिएको छ । यसको असर सबैभन्दा बढी मालपोत कार्यालयमा देखिएको अधिकारीहरु बताउँछन् ।

बिज्ञापन

मालपोत कार्यालयहरुमा नायब सुब्बा (नासु) भने दरबन्दी भन्दा बढी छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभर १३५ वटा मालपोत कार्यालयमध्ये १२८ वटा सञ्चालनमा छन् । यी कार्यालयमा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदारको स्थायी दरबन्दी छ । कार्यालय सहयोगी र सवारी चालक पदमा करारका कर्मचारी राख्ने प्रचलन छ ।

तर, महत्वपूर्ण निर्णय दिनुपर्ने अधिकृतस्तरका कर्मचारी नहुँदा कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुखका रुपमा काम गराउनुपरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रशासन महाशाखाका अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

बिज्ञापन

विभागका अनुसार मालपोत कार्यालयमध्ये ६१ वटामा उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । तर, करिब ४१ वटामा दरबन्दी अनुसार नै उपसचिव  कार्यालय प्रमुख छन् अरु २० वटामा उपसचिव नहुँदा शाखा अधिकृतहरु कार्यालय प्रमुख छन् ।

तीबाहेक अरु ६७ वटा कार्यालयमा शाखा अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था छ । खुल्ने क्रममा रहेका ७ वटा कार्यालयमा पनि शाखा अधिकृतले नै नेतृत्व गर्दैछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु