चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो : वाणिज्य विभाग

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।

बिज्ञापन

चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी उद्योगहरुले दाबी गरेका छन् । बजारमा चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो ।

बिज्ञापन

विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगी सकेको जानकारी उद्योगहरुले दिएका छन्,’ स्रोतले भन्यो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।

बिज्ञापन
नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।
‘कोकाकोलालाई उच्च गुणस्तरको चिनी चाहिने भएकाले सिजनको सुरुमै उसलाई चाहिने परिमाणको चिनी अर्डर गर्छ, त्यसबापत बैंक ग्यारेन्टीमार्फत भुक्तानी गरेको हुन्छ,’ उनले भने, ‘यो विषयमा हामीले वाणिज्य विभागलाई पनि जानकारी गराएका छौं ।’
सरकारले भारतसँग जीटूजी (सरकार–सरकार)मा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभाग स्रोतले बतायो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु