बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिकाहरु प्राय:  रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् ।

बिज्ञापन

सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो ठाउँबाट हामफाल्ने जस्ता क्रियाकलाप गर्न पुग्छन् । जसलाई मेडिकल भाषामा यसलाई ट्यान्ट्रोम पनि भनिन्छ । तर यो सामान्य नै हो ।

बिज्ञापन

बालबालिकाले यसरी नै आफ्नो कुरा राख्न र व्यवहार गर्न सिकेका हुन्छन् । तर उमेर बढ्दै जाँदा पनि यस्तै व्यवहार जस्तै झनक्क रिसाउने, चित्त नबुझे जसलाई पिटिहाल्ने छ भने यसलाई अस्वस्थ व्यवहार भनिन्छ । यी लक्षण सामान्य नभई मानसिक रोगको कारणले पनि हुन सक्छ ।

बालबालिका धेरै कारणले रिसाउने गर्छन् । त्यसमा मानसिक स्वास्थ्य पनि एक कारण हो । एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) कारणले पनि बालबालिका रिसाउने गर्छन् । यसका लक्षणहरूमा ध्यानकेन्द्रित गर्न नसक्ने, आवगेमा आउने, छिट्टै निर्णय लिने, कुरा दोहोर्‍याइरहने हुन्छ ।

बिज्ञापन

सेपेरेसन एन्जाइटीका कारण पनि बालबालिका रिसाउँछन् । जस्तै, स्कुलबाट घर फर्किने बेलामा रिसाउने, झर्किने, चिट्चिट हुने यसको लक्षण हो । आफ्ना आमाबुबासँग बिहान छुटेका उनीहरु स्कुल छुट्टी भएपछि भेट्न पाउने भएकाले उत्साहित हुन्छन् । त्यो उत्साह व्यक्त गर्न नजानेर उनीहरु रिसाउने, झर्किने गर्छन् ।

पारिवारिक कलह, झैझगडा, आफ्नो इच्छा पूरा नहुँदा र स्कुलमा भएको बुलिङका कारण पनि उनीहरु आफ्नो भावना प्रष्टसँग बुझाउन नसक्दा रिसाउँछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु