प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

बिज्ञापन

‘नेपाली क्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपाली क्रिकेटमा लामो समय खेल्ने इतिहास बनाउने मौका छ’ उनले भने ।

बिज्ञापन

प्रिमियर कपको विजेता बनेमा नेपालले एसिया कप क्रिकेट खेल्न पाउने छ ।

खड्काले प्रिमियर कप र एसिया कप विश्वकपका लागि राम्रो परीक्षा भएको भन्दै यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे ।

बिज्ञापन

गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् ।

बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु